Connect with us

Top Stocks

Advertisement

Nepali

सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु

Published

on

काठमाडौँ– सेवाग्राहीको सहजताका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको छ ।

सेवाग्राहीलाई राजस्व बुझाउन सहजताको लागि विभाग र सिभिल बैंकको सहकार्यमा सोमबारबाट विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको हो ।

बै‌किङ सेवा सुचारुसँगै विभागमा राजस्व बुझाउन आएका सेवाग्राहीहरु अन्य बैंकमा जानुपर्ने समस्याबाट मुक्त हुने विभागले विश्वास लिएको छ ।

आज विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी र सिभिल बैंकका भोलाबहादुर श्रेष्ठले संयुक्त रूपमा काउन्टरको सुरुवात गरेका हुन् ।

सिभिल बैंकको काउन्टर सुचारु गरिएसँगै सरकारी र निजी क्षेत्रकाे सहकार्यबाट सेवा प्रवाहमा थप सहजता भएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

अहिले बैंकबाट राजस्व बुझ्ने काम गरिरहेको भए पनि अझ स्तरीकरण गरी सेवाग्राहीहरुको थप सहजताका लागि ‘इबैं‌किङ’ सेवा समेत प्रदान गर्ने विभागको योजना रहेको उनले बताए ।

यसअघि विभागले कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै गत भदौदेखि व्यापारिक फर्म दर्ताको काम समेत अनलाइनबाट गर्ने सुविधा प्रदान गरेको थियो ।

Advertisement

What is your Reaction?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Trending