नयाँदिल्ली- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। नेपालको स्वच्छ...
काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...
रसुवा- नेपाल–चीनबिच ल्हेन्देखोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएपछि चीन सरकारले पुल निर्माणको पुनर्निर्माण सहयोग गरेको हो ।
वारीपारीको भाग जडान पूरा हुँदै जाँदा सो बेलिब्रिजकोबिच भाग लच्किएपछि यसलाई बलियो बनाउन चिनियाँ प्राविधिकले पुलको आधा भागमा पर्ने गरी खोलाको माझमा थप पिलर उठाउन थालिसकेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले कामको तीव्र हेर्दा यही कात्तिक १५ गतेसम्म मितेरीपुल सञ्चालनमा आउनसक्ने आफ्नो स्थलगत निरीक्षणले आँकलन गरेको बताउनुभयो । उहाँले यस सम्बन्धमा सीमाक्षेत्रका समकक्षी चिनियाँ मित्रहरूले सञ्चालनको आधिकारीक जानकारी नदिएको बताउनुभयो ।
बेलिब्रिजका बिचमा ‘पिलर’ राखी थप बलियो बनाउने काम अगाडि बढेको देखेपछि व्यापार व्यवसाय सहज हुनेमा आफूहरू आशावादी रहेको व्यवसायीहरूले बताएका छन् ।
पुल निर्माण हुँदासाथ माल सामग्री आयात हुने भएका कारण आयातित माल सामग्रीको छिटोछरितो भन्सार प्रक्रिया पूरा गराउन आफ्ना कर्मचारी तयारी रहेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
THE BUSINESS NEPAL
सूचना विभाग दर्ता नंः ४५८४–२०८०/२०८१ ठेगाना: कामनपा–१०, नयाँ वानेश्वर
फोन: +९७७ ०१-४२२२३८० इमेल: [email protected]
प्रकाशक: प्रमोदराज सेढाईं सम्पादक: नारायण शर्मा
Copyrights © 2025 The Business Nepal. All Rights Reserved
Terms and Conditions
Privacy Policy